१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिमरा–पोखरा उडान हुने भएपछि पर्यटन व्यवसायी उत्साहित


0
Shares

बारा । सिमरा विमानस्थलबाट भदौ १६ देखि पोखरा उडान हुने भएपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।

पोखरा र सिमराका उद्योगी र पर्यटन व्यवासयीहरूकोे निरन्तर प्रयासपछि बुद्ध एयरले उडान सुरु गर्न लागेको हो । बुद्ध एयरको उडान तालिका पाएलगत्तै टिकटको बिक्री सुरु गरिएको सिमरा टुर एन्ड ट्राभल्सका सञ्चालक रामचन्द्र लामाले जानकारी दिनुभयो ।

सिमराबाट स्थलमार्गमा हुँदै ८ देखि १० घण्टाको पोेखरा यात्रा २७ मिनेटको उडानमा सकिने भएपछि कोभिडले थला परेको यस क्षेत्रको व्यवसाय प्रवर्द्धनमा राहत पुग्ने व्यवसायीहरूको भनाइ छ ।

आइतबार, बुधबार र शुक्रबार गरी ३ दिन बुद्ध एयरले उडान गर्नेछ । ३ तहमा भाडादर निर्धारण गरिएकोमा सबैभन्दा सस्तो ४ हजार ७ सय २५, र बढी ७ हजार १ सय २५ रूपैयाँ तोकिएको छ ।