
एजेन्सी । भारतमा तालिमको क्रममा सेनाका एक जवानको मृत्यु भएको छ । कैयौं बिरामी भएका छन् ।
पञ्जाबको पठानकोटस्थित सैन्य स्टेशनमा भइरहेको तालिममा सेनाका जवानको मृत्यु भएको एनडिटिभीले पुष्टि गरेको छ ।
अत्यधिक गर्मीका कारण एक सेनाको मृत्यु भएको र अन्यको स्वास्थ्यमा समस्या आएपछि सैन्य अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । बिरामी सेनाको स्वास्थ्य उपचार भइरहेको छ ।
सेनाका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखिएको समाचार घाइते सैनिको संख्या उल्लेख गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्