
धनकुटा । छथरजोरपाटी गाउँपालिकाले भूमिको वैज्ञानिक व्यवस्थापन र सार्वजनिक उपयोगका क्षेत्रबारे अध्ययन सुरु गरेको छ ।
विज्ञहरुको एक समूहले गाउँपालिकाभित्र आवास, वन, व्यापार, धार्मिक–साँस्कृतिक खानी, खोला, सीमसार, कृषि, खनिज जस्ता सार्वजनिक उपयोगको क्षेत्रको पहिचानको काम थालेको हो ।
अनधिकृतरुपमा भइरहेको जग्गाको क्षयीकरण, अव्यवस्थित बसोबास, खानी र खोलाको अवैध उत्खनन् रोकेर कृषि योग्य जमिनको वैज्ञानिक व्यवस्थापन गर्न सर्वेक्षण सुरु गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बताउनु भयो ।
सार्वजनिक उपयोगका विषयगत क्षेत्रहरुको पहिचान सकेर भू–उपयोग नीति पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । यसका लागि विज्ञ टोलीलाई ६ महिनाको समय दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्