
सोलुखुम्बु । ‘काम गर्ने कालु, मकै खाने भालु’ भन्ने उखान जस्तै जिल्लाका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि किसान चिन्तित बनेका छन् ।
भालु आतंक बढेपछि बारीभरी स–साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु किसानको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै सखाप पार्न थालेपछि किसानहरू रातभर बारीमा टिन बजाएर जागै बस्न थालेका छन् ।
भालुले रातभरी मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो बनाएर आगो बाली भालु लखेट्न थालेको तामाखानीका स्थानीय कृषक चेतबहादर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमानै बस्नुपरेको किसानको गुनासो छ ।
जिल्लाका तामाखानी, बेनी, टाक्सिन्दुलगायतका आधा दर्जनभन्दा बढी गाविसका विभिन्न भागमा भालुको आतङ्कले स्थानीय त्रसित बनेका छन् । भालुको आतङ्क बढेपछि राति घरबाहिर निस्कन समेत नसकिएको स्थानीय बताउँछन् । तामाखानी क्षेत्रमा मात्र पाँचवटा भालु रहेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्