१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


किसानको मोह अकबरे खुर्सानीमा


0
Shares

तेह्रथुम । जिल्लाको छथर क्षेत्रका किसानहरू अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् ।

खाद्यबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे किसान खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षेत्रका किसानले १ रोपनीदेखि ५ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन् ।

परम्परगत रूपमा गर्दै आएको खेतीले जीविकोपार्ज गर्न धौ–धौ भएको अवस्थामा खुर्सानी खेतीले जीवन स्तर सुधार भएको किसानले बताएका छन् ।

उत्पादन भएको अकबरे खरिदका लागी व्यापारीहरु घरैमा आउने गरेका छन् । यहाँ उत्पादित अकबरे प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।