२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्वाचन आयोगले संसद सचिवालयसँग माग्यो एकीकृत समाजवादीको सांसदको विवरण


0
Shares

काठमाडौं । निर्वाचन आयोगले संघीय संसद् सचिवालयलाई प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग कति प्रतिशत सांसद छन् भन्ने खुलाएर पठाउन पत्राचार गरेको छ ।

आयोगले प्रस्तावित पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग नेकपा (एमाले)का २० प्रतिशत सांसद भए/नभएको जानकारी दिन पत्र लेखेको हो । आयोगले दल दर्ताका लागि आएका सबै सांसदहरूको नामावली पनि संसद् सचिवालयमा पठाएको छ ।

एमालेले नेता नेपालसहितका १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गर्न पत्र पठाएको छ । उनीहरूलाई पदमुक्त गर्न अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्क्याए पनि सभामुख अग्नी सापकोटाले त्यसबारे कुनै निर्णय लिनु भएको छैन ।

संसद् सचिवालयले प्रस्तावित पार्टीका सांसदहरू पदमुक्त भएको जानकारी गराए आयोगले केन्द्रीय समितिको २० प्रतिशतबाट दल दर्ता गराउने तयारी गरेको बुझिएको छ । आयोगले सनाखतका लागि यही भदौ ९ गते नेपाल पक्षमा लागेका सांसदहरुलाई बोलाएको छ ।