
एजेन्सी । दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा निस्कनु भएकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज सिंगापुरमा महत्वपूर्ण भेटघाट गर्दै हुनुहुन्छ ।
आइतबार अपरान्ह सिंगापुर पुग्नुभएकी उपराष्ट्रपति ह्यारिसले आज सिंगापुरका राष्ट्रपति हलिमाह याकोप र प्रधानमन्त्री लि हैसेनलगायतसंग भेटघाट गर्दै हुनुहुन्छ ।
दक्षिण पूर्वी एशियामा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज पार्न र एशिया प्यासिफिक तथा ईण्डोप्यासिफिक सुरक्षा रणनीतिलाई मजबुद बनाउन ह्यारिसको यो भ्रमणलाई अर्थपूर्ण भनिएको छ ।
सिंगापुरको भ्रमण सकेर उपराष्ट्रपति ह्यारिस भोलि भियतनाम जाने कार्यक्रम छ । अफगानिस्तानलाई लथालिङ्ग अवस्थामा पुर्याएर छाडेको आरोप खेपिरहेको अमेकिाकाका लागि यस क्षेत्रका देशहरुसंगको सम्बन्ध जोगाईराख्नु चुनौतीपूर्ण भएको विश्लेषण भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्