
झापा । झापामा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको कन्काइ नगरपालिका–१ का ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना मृत फेला परेका हुन् ।
उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।
मृतकका आफन्तले उनीहरु कोरोना संक्रमित भएको बताएकाछन् । प्रहरीले घटनाको अनुसंधान गरी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्