
प्रज्ञा तिमिल्सिना
काठमाडौं । सरकारले आगामी असोजदेखि मंसिर महिना सम्म कोरोना संक्रमणको तेस्रो लहर आउने आकलन गरिसकेको छ । तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने सरकारी ठहर रहेको छ । नेपाली विज्ञहरुको यही भनाई भारतीय विज्ञहरुले दोहो¥याएका छन् । उनीहरुले भाइरस विरुद्ध खोपको पहुँचमा बालबालिका नपुगेका कारण तेस्रो लहरमा यो वर्ग जोखिममा पर्ने भन्दै सचेत गराएका हुन ।
ती विज्ञले बालबालिका केन्द्रित रहेर तयारीमा जुटन समेत सुझाव दिएका छन् । असोजको दोस्रो साता तेस्रो लहरको संक्रमण उच्च विन्दुमा पुग्ने भारतीय विज्ञहरुको आंकलनअनुसार अबको डेढ महिनापछि संक्रमण उच्च विन्दुमा पुग्नेछ । भारतमा तेस्रो लहरको संक्रमण देखिए नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने निश्चित छ ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा भारतमा संक्रमण बढ्न थालेको १ महिना भित्र नेपालमा संक्रमण बढ्न थालेको थियो । खुल्ला नाकाका कारण संक्रमण नेपालमा सजिलै फैलने गरेको छ । शुक्ष्म जिवाणु विज्ञ डा. सन्तोष दुलाल संक्रमणलाई हेरेर नेपालले तयारी गर्नुपर्ने बताउनुहुन्छ ।
अमेरिकामा तेस्रो , क्यानाडामा चौथो चरणको संक्रमण फैलिसकेको छ । सामान्यतया भाइरस म्युटेन्ट भईरहन्छ र त्यहि म्युटेन्ट भएको भाइरस संक्रामक रुपमा देखिए पश्चात संक्रमणको लहर आउने गर्छ । नेपालमा हाल डेल्टा भेरियन्टको प्रभाव बढी देखिएको छ । हाल १२ जनामा डेल्टा प्लस भेरियन्ट देखिसकेको छ । डेल्टा प्लस भेरियन्ट कतिको संक्रामक छ भन्ने अनुसन्धान भने नभएका कारण तेस्रो लहर डेल्टा प्लस भेरियन्टका संक्रमण रुपमा फैलिन्छ भनेर भन्न नसकिने डा. दुलाल बताउनुहुन्छ ।
तेस्रो लहरमा बालबालिकालाई निकै जोखिममा राखिएको छ । नेपालमा पहिलो र दोस्रो लहरमा धेरै वालवालिका संक्रमित भइसकेका छन् । हाल सम्म कोरोनाका कारण २० बर्ष मुनिका .सय जनाले ज्यान गुमाएका छन् । जसमा १० वर्षमुनिका ४५ जना बालबालिका रहेका छन् । अमेरिकामा समेत तेस्रो लहरमा बालबालिका संक्रमित भएका छन् । तर तेस्रो लहर वालवालिका केन्द्रित भएर नै भेरियन्ट आउन्छ भन्ने वैज्ञानिक आधार नभएका कारण खोप नलगाएका व्यक्ति संक्रमित हुने प्रवल सम्भावना रहेको बताउनुभयो ।
भारतमा संक्रमण तेस्रो लहरको आंकलन गर्दा नेपालमा पनि जोखिममा छ नै । झन दोस्रो लहर भन्दा सम्भावित तेस्रो लहर संक्रामक रुपमा फैलिए के गर्ने , कस्तो तयारी गर्ने विषयमा सरकार अहिले देखि नै गम्भिर हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्