
बागलुङ । बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ देखिएको छ । उक्त बेरुजु रकम आर्थिक वर्ष २०७५÷७६ सालमा भएको बेरुजु रकमको तुलानामा ६ करोड ३७ लाख ७७ हजार कम छ ।
आर्थिक वर्ष २०७५/०७६ मा बागलुङका १० वटा स्थानीय तहमा रु.२४ करोड ६ लाख ६३ हजार रकम आर्थिक अनुशासन विपरित खर्च भएको उल्लेख थियो । स्थानीय तहले लेखा प्रणालीमा सुधार गरेका कारण बेरुजु रकम घटेको पाइएको हो ।
समग्र १० स्थानीय तहमा बेरुजु रकम घटे पनि ढोरपाटन नगरपलिकामा भने बेरुजु रकम ६ दशमलब ७६ प्रतिशत बढेको छ । आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा पुँजीगत बजेट खर्च गर्ने प्रवृत्तिले पूर्वाधार आयोजनाको काम दीगो र गुणस्तरीय हुन नसकेको भन्दै समयमै काम सक्न र बेरुजु रकम नियमित गर्न महालेखाले सुझावसमेत दिएको छ ।
विगतका वर्षमा महालेखाले देखाएका कमजोरीलाई बागलुङका स्थानीय तहले सुधार गरेर अगाडि बढ्दा बेरुजु घटेको कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङका सूचना अधिकारी दयाराम शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्