१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टिकापुर हत्याकाण्ड ६ वर्ष पूरा : मुख्य अभियुक्त रेशम चौधरीको रिहाइ माग गर्दै कैलालीमा प्रदर्शन


0
Shares

कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको छ । कैलालीको टीकापुर घटनाको ६ वर्ष पुगेको दिन आज मोर्चाले टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चौकदेखि बलिया चोकसम्म विरोध ¥यालीसहित प्रदर्शन गरेको हो । मोर्चाले टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं १ का निलम्बित सांसद रेशम चौधरीसहित राजबन्दीहरुलाई बिना शर्त रिहाइ गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, राज्यको हरेक निकायमा थारु समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरिएको हो ।

२०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो ।