२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओलीले गरे १० बुँदे कार्यान्वयनको बाचा, एमाले विभाजनमा राष्ट्रपतिले चासो राखेसँगै माधव लागे दलबलसहित रिसोर्टतिर


0
Shares

काठमाडौं । चरम आन्तरिक द्धन्द्धमा फसेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली माधव नेपालको साथ छोडेका नेताहरुको सुझाव अनुसार तत्कालिन पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न तयार हुनु भएको छ ।

एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्नु भएका नेता नेपाल नेपाललाई अन्तिममा धोका दिएका स्थायी कमिटी सदस्यहरुसँग बालकोटमा आज भएको छलफलपछि ओलीले ओली पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार हुनुभएको हो । छलफलपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे कार्यान्वयनको प्रक्रियालाई अझ तिव्रता दिइने जानकारी दिनुभयो ।


१० बुँदेको कार्यान्वय प्रयोजनका लागि भोलि मंगलवार बिहान ११ बजे एमाले स्थायी कमिटी बैठक राखिएको छ । सो बैठकमा नेपाललाई अन्तिममा साथ छोडेका स्थायी कमिटी सदस्यहरुपनि सहभागी हुने बताइएको छ ।

एमाले विभाजन हुनु अघि एकताका लागि आधार तयार गर्न गठित कार्यदलले असार २७ गते एकताका लागि १० बुँदे सुझाव दिएको थियो ।
पार्टी एकताका लागि पहल गरिरहनु भएका एमाले सचिव योगेश भट्टराईले पनि पार्टीलाई एकतावद्ध बनाउन जिम्मेवार रहने प्रतिवद्धता ओलीबाट प्राप्त भएको जानकारी दिनुभयो । पार्टी विभाजनको तहसम्म पु¥याउन माधव नेपाललाई उकास्ने नेताहरु आज ओलीसँगको वार्तामा बस्नु भएको हो ।

यता, नेकपा (एकीकृत समाजवादी) दर्ताको कसरतमा लाग्नु भएका नेता माधवकुमार नेपाल दलबलसहित सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुग्नु भएको छ । निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको सन्दर्भमा आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर नेता नेपाल त्यहाँ पुग्नु भएको हो । करिब सय जनाका लागि रिसोर्टमा कोठा बुक गरिएको र सनाखतका दिन चन्द्रागिरीबाट सोझै दलबलसहित निर्वाचन आयोग पुग्ने योजना नेपालले बनाउनु भएको बताइएको छ ।