२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गैँडा तस्करीका पाँच आरोपी सार्वजनिक


0
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्कर गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । निकुञ्जले पक्राउ परेका तीन जनासहित तस्करमा संलग्न भएको आरोपमा अन्य दुई जनालाई समेत आज सार्वजनिक गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७६ साल भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भाले वयस्क गैँडाको तस्कर अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका– ३ पाँचपाण्डव बस्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका– २ डुङ्ग्रा बस्ने वीर वहादुर बस्नेत, चितवनको खैरहनी नगरपालिका– ६ रिजाल टोल बस्ने आरोष उप्रेती रहेका छन् ।

साथै घटनामा संलग्न आरोपमा कारागारमै रहेका भरतपुर महानगरपालिका– २८ का जितवहादुर कुमाल र तारा चेपाङलाई समेत नियन्त्रणमा राखिएको छ । गैँडा मारेर खाग बन्चरोले काटेर विक्री गरेका अन्य १० जना प्रतिवादीहरु फरार रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । पक्राउ परेका र नियन्त्रणमा लिइएका पाँचै जनालाई जिल्ला अदालत नवलपुरमा बुझाइने बताइएको छ । ।