७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ट्याङकर र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु


0
Shares

काठमाडौं । गएराति सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपियामा ट्याङकर र मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल सवार विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेका छन् । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटसाईकल सवार अविनाश राजवंशी घाइते भएका छन् । उनको धरानमै उपचार भैरहेको छ । ठक्करपछि आगो लागेको मोटरसाइकल जलेर नष्ट भएको छ ।

मोटरसाइकल पूर्ण रूपले नष्ट भएका कारण नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।