
काठमाडौं । माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान तयार पारिएको छ ।
हिजो साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका सो पार्टीका नेताहरुलाई पार्टीको घोषणापत्र र अन्तरिम विधान वितरण गरिएको छ ।
घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाको रुपमा स्थापित गर्ने उल्लेख गरिएको बुझिएको छ ।
नेपाली समाज आधारभुत रूपमा पुँजीवादी चरित्रको रहेको भन्दै घोषणा पत्रमा समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवाद र दलाल नोकरशाही भएको उल्लेख गरिएको छ ।
घोषणा पत्रमा ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा पार्टी अग्रसर हुने उल्लेख गरिएको छ ।
रिसोर्टमा भेला भएका केन्द्रीय सदस्यहरु र सांसद गरी ४६ जनालाई ६ पेज लामो घोषणापत्र र ३ पेज लामो अन्तरिम विधान वितरण गरिएको थियो ।
घोषणापत्र र विधानमाथि अहिले विहानदेखि छलफल चलिरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्