७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अफगानिस्तानका अबाेध बालबालिकाकाे याे बिजाेग, जसले सबैकाे मन छाेयाे


0
Shares

काठमाडौं । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि मानिसहरु त्रसित भएका छन् । तालिवानीको सरिया कानुन धेरै कडा भएको र उक्त कानुन पालना गर्दा महिला तथा बालबालिकाहरु घरबाट निस्कन नपाउने भएकाले पनि अफगानिस्तानको अबको भविष्य कस्तो हुने हो भनेर मानसिहरु त्रसित भएका हुन् ।

हिजोसम्म हिस्रंक गतिविधि गर्दै आएको समूहसँग मानिसहरुले तत्कालै भरोसा गर्नपनि सकेका छैनन् । त्यसैले पनि उनीहरु बरु देशै छाडेर जाने तयारीमा विमानस्थल आसपास पुगेका छन् । अफगानिस्तानमा देश छाड्नेको लर्को छ । देश छाड्नेको तछाडमछाड देख्दा अफगानिस्तानलाई आजको अवस्थामा पुर्याउने सबैप्रति धिक्कार लाग्छ ।

देशै छाडेर जान चाहनेले पनि भनेजसरी सजिलै देश छाड्न सकेका छैनन् । जान चाहनेलाई अमेरिकाले लाने भनेको त छ । तर तालिवानले दिएकाे समयसीमामा अमेरिकाले कति उद्धार गर्छ हेर्न बाँकी छ । देश छाड्ने अभिलाषामा कतिले आफ्ना छोरा छोरी छाडेर हिडेका छन् भने कति बच्चाहरु भीडमा हराइरहेका छन् । त्यहाँको त्रसित अवस्थाका कारण महिला र बालबालिकाको बिजोग भएको छ ।

हेरौं यी तस्वीरमा अफगानिस्तानका बालबालिका: