१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित


0
Shares

काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक सरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजे बस्ने बताइएकाे छ । कार्यालय सचिव शेरबहादुर तामाङले आन्तरिक तयारी नपुगेको भन्दै बैठक सारेको जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो एमाले तेस्रो धारका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गरेपछि आज स्थायी कमिटिको बैठक डाकिएको हो ।

एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्नु भएका नेता नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरुसँग बालकोटमा भएको छलफलपछि ओली पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार हुनुभएको हो ।

एमाले विभाजन हुनु अघि एकताका लागि आधार तयार गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति जुटाएको थियो । त्यही सहमति कार्यान्वयनमा लैजान ओली तयार भएपछि नेपालको साथ छोडेका नेताहरु संस्थापनमा फर्कन तयार देखिएका हुन् ।