२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


‘जी सेभेन’को सम्मेलन आज हुँदै, अफगानिस्तानको सुरक्षा चासोमा केन्द्रित हुने


0
Shares

एजेन्सी । विश्वका औद्योगिक राष्ट्रहरुको समुह जि सेभेनको सम्मेलन आज हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा हुन लागेको यो भर्चुएल सम्मेलन अफ्गानिस्तानको सुरक्षा चासोमा केन्द्रित हुनेछ ।

अफ्गानिस्तानमा तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि अवस्था गम्भिर बनेको छ । हजारौं नागरिक अफ्गानिस्तान छोड्ने योजनामा काबुल विमानस्थल बाहिर भेला भइरहेका छन् ।

उनीहरुलाई त्यहाँबाट उद्धार गरि अन्यत्र लैजान अझै केही समय लाग्ने देखिएको छ । तालिवान विद्रोहीले भने आफ्ना नागरिक उद्धारको बहानामा काबुलमा रहेका अमेरिकी सेना यही अगष्टको अन्त्यसम्म फर्कनुपर्ने चेतावनी दिएको छ ।

अमेरिकाले पनि यही महिनाभित्र आफ्ना सेना फिर्ता भइसक्ने जनाएपछि विश्वका अन्य मुलुक सशंकित बनेका छन् ।

फ्रान्स, जर्मनी, बेलायतलगातका देशहरुले अमेरिकी सेना फिर्तीको निर्णय पुर्नविचार गर्न आग्रह गरिरहेका छन् । यस्तोमा आज हुने जि–सेभेनको बैठकमा यही विषयले प्राथमिकता पाउने बुझीएको छ ।