१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्व सांसद बने कृषक(भिडियोसहित)


0
Shares

राजेश जिसी

प्यूठान । रोजगारीका अवसर खोज्दै दैनिक हजारौ युवा विदेशिने गरेका छन् । स्वदेशमा कुनैपनि अवसर नदेखेर विदेश लागेका युवालाई स्वदेशमै परिश्रम र लगानी गर्न सके बिदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाएका छन प्युठानका पूर्व सांसद नारायणप्रसाद अधिकारीले ।

बि.सं.२०६४ सालमा संविधान सभामा प्यूठान क्षेत्र नं. १ बाट निर्वाचित सांसद नारायणप्रसाद अधिकारी तत्कालिन समयमा नेकपा माओबादी पार्टीबाट निर्वाचित हुनुभएको थियो । बिस्तृत शान्ति सम्झौतापछि नेकपा माओवादी देशको पहिलो पार्टी बन्यो । संविधान सभाको निर्वाचन भएपछि तोकिएको मितिमा संविधान निर्माण नभएपछि दोस्रो पटक निर्वाचन भयो । प्यूठानको राजनीतिमा क्रियाशिल रहदै आएका अधिकारी अहिले कृषि पेशामा रमाउँदै आउनुभएको छ । राजनीतिमा किसानका बिषयमा बोलेपनि कृषिलाई नजिकैबाट अनुभव गर्दा फरक रहेको उहाँको त्रुझाइ छ ।

नेपालका नेताहरु बिलासिताको जीवनमा रमाउने गर्दछन् । तर उहाँ भने राजनीतिसगै कृषिकर्ममा तल्लीन हुनुहुन्छ । उहाँ बिहानदेखि बेलुका अबेरसम्म तरकारी बारीमै रमाउने गर्नुहुन्छ । आफु किसानको छोरा भएको र राजनीतिसगै फुर्सदीलो भएपछि तरकारी खेतीमा लागेको उहाँको भनाई छ ।

उहाँले माण्डवी गाउँपालिका २ रातापानीमा ५ रोपनी क्षेत्रफलमा टमाटर खेती गर्नुभएको छ । नेपालमा कृषि क्षेत्रमा ठूलो सम्भावना भएपनि बिचौलियाका कारण किसान मारमा परेको उहाँको ठम्याई छ । देशमा तीन तहको सरकार भएपनि केन्द्र सरकारले भारतसगँको परिबहन संझौतालाई रोक्नुपर्ने र प्रदेश र स्थानीय सरकारले उत्पादनका आधारमा अनुदान तथा सहुलियत दिनुपर्ने उहाँको बुझाइ छ ।

सरकारले देशमा आर्थिक, सामाजिक रुपान्तरण गर्न कृषि क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार र पर्याप्त लगानी गर्न सकेमात्र देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ । जसका लागी राज्यले उचित कृषि नीति ल्याउनुपर्ने देखिन्छ । त्यसैले कृषिबाटै मुलकलाई आमुल परिवर्तन गर्न सकीने भएकाले राजनीतिक नेतृत्वले सुझबुझसहित कृषि क्षेत्रलाई प्राथमिकता राखेर आफै पनि सहभागी हुनु पर्ने उहाँको भनाइ छ ।