
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई पार्टीबाट निष्कासन गरिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभएको छ ।
चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको आरोपसमेत लगाउनुभयो ।
ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकीकृत समाजवादी) गठन गर्न बाध्य भएको उहाँकोभ भनाइ छ । उहाँले आफूहरूसँग केन्द्रीय समिति र संसद दुवैमा २० प्रतिशतभन्दा बढी सदस्य रहेको दाबी पनि गर्नुभयो ।
फरक प्रसंगमा अध्यक्ष नेपालले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताउनुभयो । उहाँले आफ्नै चाहना र सुझावअनुसार शाक्य मुख्यमन्त्रीमा गएको दाबी गर्नुभयो । पार्टी दर्ता भएको २१ दिनभित्र उहाँहरूलाई पार्टी रोज्ने अधिकार रहेको भन्दै अध्यक्ष नेपालले शाक्य अप्ठेरोमा परेको बताउनुभयो ।
नेपालसहितका नेताहरू सोमबार रातिदेखि नै चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका छन् । उनीहरू मंगलबार बिहानसम्म सोही रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको छ । भोलि निर्वाचन आयोगले उनीहरूलाई पार्टी दर्ताका लागि सनाखत गर्न बोलाएको छ ।
सम्बन्धित समाचार
नेकपा (एकीकृत समाजवादी)को विधानः पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ जना रहने
माधव नेपालको सद्इच्छा–केपी ओलीमा सद्बुद्धि पलाओस्
एकीकृत समाजवादीको सनाखतका लागि आयोगले तोक्यो समय
प्रतिक्रिया दिनुहोस्