
काठमाडौं । माधव नेपालको साथ छोडेका दोस्रो तहका नेताहरूको माग बमोजिम आयोजित नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।
बैठकमा नेपाललाई अन्तिम समयमा धोका दिएका १० जना स्थायी कमिटी सदस्यहरू पनि सहभागी छन् । उनीहरू पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै लगातार बैठकमा अनुपस्थित थिए ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको बैठकमा उनीहरू सहभागी भएका हुन् । नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका छन् ।
हिजो बालकोटस्थित ओली निवासमा पुगेर ती नेताले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । उक्त छलफलमा १० बुँदे सम्झौता कार्यान्वयन गर्न ओली तयार भएपछि आज बैठक सम्भव भएको हो ।
प्रतिक्रिया दिनुहोस्