१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नगर प्रहरी शेर्पा बेपत्ता, सवार मोटरसाइकल भेटियो


0
Shares

सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिकाका नगर प्रहरी दावातेन्जी शेर्पा खोलामा परी बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो १२ बजे सोलुदूधकुण्ड नगरपालिका–२ मोपुङको वासा खोला तर्ने क्रममा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सल्लेरीबाट मोपुङ जाने क्रममा २२ वर्षीय शेर्पा मोटरसाइकल सहित बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जनपथ प्रहरी, स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयबासीले संयुक्त रुपमा खोजी कार्य जारी राखेका छन् । शेर्पा सवार मोटरसाइकल भने भेटिएको छ । लगातरको वर्षाले खोलामा पानीको सतह बढेकाले खोजी कार्य प्रभावित भएको छ ।