१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धौलागिरी अस्पताल : डाक्टर नहुँदा आईसीयू सेवा बन्द हुने अवस्थामा

तत्काल डाक्टर पठाउने सर्तमा पाँच डाक्टरको एकसाथ सरुवा, तीन महिना बितिसक्दा छैनन् डाक्टर

0
Shares

बागलुङ । धौलागिरी अस्पतालमा सञ्चालित आईसीयू सेवा बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालमा कार्यरत मेडिकल अधिकृतको सरुवा पछि डाक्टर नआउँदा आईसीयू सेवा बन्द हुने अवस्थामा पुगेको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

कोरोनाकालमा एक वर्ष अघि धौलागिरी अस्पतालमा तीन आईसीयू र दुई भेन्टिलेटर सहितको शय्या सञ्चालन गरे पनि चिकित्सक अभावमा सेवा सञ्चालनमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले तीन महिना अगाडी तत्कालै डाक्टर पठाउने सर्तमा पाँच डाक्टरको एकै साथ सरुवा गरेको थियो ।

डाक्टरको सरुवा पछि अन्य मेडिकल अधिकृतलाई आईसीयूको जिम्मेवारी दिएर सञ्चालनमा ल्याए पनि हालसम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि आईसीयू सेवा बन्द हुने अवस्थामा पुगेको हो ।