
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १५ हजार ३ सय ६० परीक्षणमा २ हजार ४ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ५ सय १५, भक्तपुरमा १ सय ४२ र ललितपुरमा ८८ जना गरी काठमाडौं उपत्यकामा ७ सय ४५ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, १ हजार ७ सय २१ जना संक्रमणमुक्त भएको मन्त्रालयकाका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बुधबार ४४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्