१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारी कार्यालयका सेवाग्राहीलाई एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य


0
Shares

पश्चिम नवलपरासी । जिल्लाक सरकारी कार्यालयमा आउने सेवाग्राहीका लागि एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

जिल्लाभर अभियानकै रूपमा सञ्चालन गरिन लागेको एन्टिजेन परीक्षण बुधबारबाट जिल्ला प्रशासन, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाबाट सुरु गरिएको हो ।

एन्टिजेन परीक्षणका लागि सम्बन्धित कार्यालयको मुलगेटमा व्यवस्था गरिएको छ । १० मिनेटभित्र परीक्षणको रिपोर्ट दिने र रिपोर्टका आधारमा कर्मचारीहरूले सेवा दिने गरेका छन् ।

जिल्लाको कोभिड नियन्त्रणका लागि रणनीति तयार गर्न सहज हुने भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी गराउनुभयो ।