२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कर तिर्न बाजागाजासहित घरदैलोमा काठमाडौं महानगर


0
Shares

काठमाडौं । सोल्टीमोडको प्लाटिनम होटल एन्ड स्पाको आँगनमा पुगेर बुधबार एक समूहले नाचगान गर्न थाले ।

बाजागाजासहितको नाचगान पर्यटकलाई स्वागत गर्न थिएन । त्यो त काठमाडौं महानगरपालिकाले करदाताको आँगनमै पुगेर कर तिर्न ताकेताका लागि आयोजना गरेको थियो ।

नौमती श्रमिक सहकारी समूहका ती सदस्यहरु महिला बाजा नमान्नु भारी कर तिर्दिए हुनेथ्यौं आभारी बोलको गीतमा करिब आधा घण्टा नाचे । नाचगानपछि सँगैं रहेका नगर प्रहरीले समयमै कर तिर्न माइकिङ गरे ।

बुधबार प्लाटनम होटलमा जस्तै वडा १ को कान्तिपुर होटल, वडा १७ को ह्वाइट फिल स्कुल, वडा २२ को रञ्जना ट्रेड सेन्टर, केशा प्रपर्तिज प्रालि, आरबी कम्प्लेक्स र वडा ३१ को शिशु अर्यालको घरमै पुगेर गीत गाएका छन् । पञ्जेबाजासहितको कर तिर्न आउन अनुरोध गीतपछि महानगरले २४ गतेभित्र कर नतिरे सबै सेवा रोक्का गर्ने भन्दै ७ ठूला करदाताको ढोकामा सूचना टाँसेको छ । कान्तिपुर