१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा फेरि बढे कोरोना संक्रमित, एकै दिन ६ सय जनाको मृत्यु


0
Shares

एजेन्सी । केही समय कोरोना संक्रमण दर कम भएको भारतमा फेरि दैनिक संक्रमितको संख्यामा वृद्धि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो एक दिनमा २५ हजार ७२ जना नयाँ संक्रमित थएिएका छन् । संक्रमितको संख्या बढेसँगै मृतकको संख्या पनि बढेको तथ्यांकले देखाएको छ । पछिल्लो दिनमा भारतमा ६ सय ७ जनाको कोरानाका कारण कारण मृत्यु भएको छ ।

गत मंगलबार ३ सय ८९ जनाको मृत्यु भएको थियो । कोरोना महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य प्रभावित भएको छ । केरलामा मात्रै ३१ हजार ४ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ एक दिनमा २ सय १५ जनाको मृत्यु भएको छ ।

केरलामा अहिले एक लाख ७० हजार २ सय ९२ सक्रिय संक्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड २५ लाख ५८ हजार ५ सय ३० रहेका छन् ।

भारतमा हालसम्म कोरोनाका कारण ४ लाख ३६ हजार ३ सय ९६ को मृत्यु भइसकेको छ ।