
काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूको रिले अनशन बिहीबार दोस्रो दिन पनि जारी छ ।
बिहीबार तनहुँका सभापति बैकुण्ठ न्यौपाने, डोल्पा सभापति अंगदकुमार बुढा र सुर्खेत सभापति कमलराज रेग्मी अनशनमा बस्नु भएको छ ।
त्यस्तै ‘सबल कांग्रेसका लागि युवा अभियान’ का तर्फबाट मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईं पनि अनशनमा हुनुहुन्छ ।
महाधिवेशनको सुनिश्चिता, क्रियाशील सदस्ताको सूची सार्वजनिकलगायतका माग राखेर आन्दोलन भएको हो । कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।
क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकाको टुंगो नलाग्दा भदौ १८ मा तोकिएको वडा अधिवेशन प्रभावित हुने आशंका बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्