१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अफगानिस्तानमा एक प्लेट खानाको १ सय डलर


0
Shares

एजेन्सी । विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान छोडेर बाहिरने क्रममा काबुल विमानस्थलमा भेला भएका सर्वसाधारणले निकै महङ्गोमा खाना र पानी किन्नु परेको छ ।

उनीहरुले एक प्लेट खानाका लागि १ सय र एक बोतल पानीका लागि ४० अमेरिकी डलर तिर्नु परेको बीबीसीले जनाएको छ । हजारौंको संख्यामा भेला भएकाहरूले गर्मीको सामना पनि गरिरहनु परेको छ । काबुल विमानस्थलमा अमेरिकी र बेलायती सेनाले पानी र खाना उपलब्ध गराए पनि सयौं मानिसले खान समेत नपाएको स्थिति छ ।

विमानस्थलमा अफगानी मुद्राको साटो अमेरिकी डलरमा कारोबार हुँदा खाना किनेर खान समेत कठिनाइ भएको स्थानीयले जनाएका छन् । खाना र पानी नपाएर कतिपय महिला र बालबालिका बेहोस हुन थालेका छन् । देश छाडेर बाहिर जान चाहने करिव ५० हजार अफगानी काबुल विमानस्थलमा विमानको प्रतीक्षामा छन् ।

विमानस्थल बाहिर पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफनो घर फर्कन तालिवान समूहले धम्की दिइरहेको बुझिएको छ ।