
विराटनगर । एमालेको विभाजनले प्रदेश–१ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यलाई माधवकुमार नेपालको पक्षका ८ जना सांसदले सहयोग गरेका छन् ।
नेपाल समूहमा आचार्यसहित १८ जना सांसद रहेकामा उहाँलाई संसदीय दलको नेता बनाउन नेपाल समूहका ८ सांसद सहभागी थिए । बिहीबार बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईले दलको नेताबाट राजिनामा दिएपछी बैठकले आचार्यलाई दलको नेता चयन गरेको थियो । लगत्तै मुख्यमन्त्री राईले राजीनामा दिएप्छि आचार्यले मुख्यमन्त्रीको सपथ लिनुभएको हो ।
भीमप्रसाद आचार्यलाई दलको नेता चयन गर्न बसेको बैठकमा भौतिक रूपमा २४ जनाको उपस्थिति थियो । प्रदेशसभाको एमाले संसदीय दलमा ५१ सदस्य रहेकामा दलको नेता परिवर्तन गर्ने माइन्यूटमा केहि सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएका थिए ।
बैठकमा सहभागी नभए पनि सांसद राजकुमार ओझा र ज्ञानेश्वर राजवंशीले पछिमात्र हस्ताक्षर गर्नुभएको थियो । आचार्य मुख्यमन्त्री बन्दै गर्दा यसअघि प्रधानमन्त्री केपी ओलीले प्रतिगमन गरेको भन्दै पुस ५ पछि सामाजिक विकास मन्त्रीबाट राजीनाम दिएर आन्दोलनमा होमिएका घिमिरेले साथ दिनुभएको थियो । आचार्य नेतृत्वको सरकारमा घिमिरे मन्त्री बन्ने स्रोतले जनाएको छ ।
यसअघि नेपाल समूहमा रहेका मोरङका सांसदहरू लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, सुनसरीकी सवित्री जोशी, तेह्रथुमका लक्षुमन तिवारी, ताप्लेजुङका बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा एमालेमा फर्किएका छन् । उनीहरू संसदीय दलको बैठकमा सहभागी भए । मोरङका लिलाबल्लभ अधकिारी र तेह्रथुमका लक्षुमन तिवारी पनि नयाँ सरकारमा मन्त्री बन्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्