
फाइल तस्विर
काठमाडौं । सरकारमा सहभागी हुने विषयमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी अन्योलमा देखिएको छ ।
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सरकारको औपचारिक धारणापछि मात्रै सहभागिताको विषयमा निर्णय लिने जनाएको छ ।
बैठकमा आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा पनि छलफल भएको केन्द्रीय सदस्य केशव झाले जानकारी दिनुभयो ।
आफूहरू दलविहीन भएको अवस्थामा पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले ठूलो सहयोग गरेको लोसपा नेताहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्