१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सेती दोभानमा पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक अवरुद्ध


0
Shares

काठमाण्डौं । लगातारको वर्षाका कारण पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएको छ ।

गएराति ८ बजे सेती दोभानमा ठूलो पहिरो खसेकाले दुुईतर्फी बाटो नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण पहिरो पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ ।

सडक बन्द भए पछि यात्रुुले गाडीमै रात बिताएका छन् । अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।

मुग्लिन-नारायणघाट सडक खण्डको ठाउँ-ठाउँमा पहिरोको जोखिम रहेकाले जोखिम मोलेरै यात्रा गर्नु पर्ने बाध्यता छ ।