
फाइल फोटो
डाेलराज रानाभाट
चितवन। नारायणगढ – मुग्लिङ सडक खण्डको पहिरो हटाउन सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गएराति ८ बजेपछि ठूलो पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध रहेको छ ।
आज विहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको हो । भरतपुर महानगरपालिका २९ सेती दोभान र पाँचकिलोमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको हो ।
डोजर र जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको र उक्त सडक प्रयोग गर्ने यात्रु तथा चालकहरुलाई नारायणगढ मुग्लिङ सडक खण्डको जानकारी लिएर मात्र यात्रा सुरु गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्