२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


का‌ंग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा


0
Shares

काठमाडौं । नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षका नेताहरुकाे छलफल पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छ ।

साढे आठ बजेदेखि जारी छलफलमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको रिले अनसनको बारेमा छलफल भइरहेको बताइएको छ ।

पौडेल समूहको शीर्ष नेताहरुको बैठकपछि अहिले केही सभापतिहरुसहित बैठक बसिरहेको बताइएको छ । बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु र रामशरण महत्तलगायत नेताहरु सहभागी छन् ।