१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझायो (जिल्लाको सूचीसहित)


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ ।

प्रदेश १ का १० जिल्ला, वागमतीका चार, गण्डकीका १०, लुम्बिनीका पाँच, कर्णालीका चार र सूदुरपश्चिमका पाँच जिल्लासहित ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको हो ।

महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई बिहीबार नामावली बुझाउनुभएको छ ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसेपछि ३८ जिल्लाको नामावली समितिलाई बुझाएको छ । कांग्रेसले ३८ दुर्गम जिल्लामा निर्वाचन अधिकृत समेत खटाइसकेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ देखि सुरु हुँदैछ ।