
काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको छ । रावलले टुइटमार्फत पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री समेत भइसकेका नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको हो ।
उहाँ लेख्नुहुन्छ ‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’ रावलले नेपाली कांग्रेससँग मिलेर सत्तामा जानेले एमालेलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो भएको बताउनुभयो ।
‘दक्षिणपन्थी पूँजीवादी नेकांसँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो’ उहाँले टुईटमा लेख्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्