१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीको कटानले कैलालीवासी त्रसित


0
Shares

कैलाली । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कटान तीव्र पारेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान सुरु गरेको छ ।

रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । कटान हुने क्रम जारी रहेकोले तटीय क्षेत्रका सबैलाई सजक रहन कैलाली प्रशासनले अनुरोध गरेको छ ।

यस्तै जानकी गाँउपालिका वडा नम्बर ४ का ८० र वडा नम्बर ७ का ५८ घरघुरीमा पनि बाढी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले डुङ्गा लिएर सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको छ ।