
हेटौंडा । मकवानपुर प्रहरीले ४४ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–५ स्थित जैसिंहमा भारी बोकेर हिडिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मनहरी–५ डिल्लीपुर बस्ने २४ वर्षका रामचन्द्र मोक्तान र सोही स्थान बस्ने २२ वर्षका अर्जुन लो रहेका छन् । पक्राउपछि थप अनुसन्धान भइरहेको हेटौंडाका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्