
काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ ।
स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल रहनु भएको एक नेताले जानकारी दिनुभयो ।
अहिले अन्तरिम स्थायी कमिटीमा भएका हमालबाहेक अन्य सदस्य यसअघि नेकपा (एमाले)को स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो ।
एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्यूरो र स्थायी कमिटी चयन गर्ने जनाएको छ ।
नेकपा एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले ९ भदौमा वैधानिकता पाएको छ । एकीकृत समाजवादीको पदाधिकारीसमेत टुंगिएको छैन ।
प्रतिक्रिया दिनुहोस्