
एजेन्सी । अफगानिस्तानको काबुल बिमानस्थलमा भएको विस्फोटमा ९० जना मारिएको घटना सेलाउन नपाउँदै काजकिस्तानको हतियार भण्डारमा भएको अर्को विस्फोट भएको छ ।
विस्फोटमा ९ जनाको मृत्यु भएको छ । काजकिस्तानको जाम्बिल सैन्य अड्डामा रहेको हतियार भण्डारमा भएको विस्फोटमा ९० जना घाइते भएका छन् ।
श्रंखलाबद्ध रुपमा भएको विस्फोटका कारण सयौं हतियार जलेर नष्ट भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
विस्फोटपछि भएको आगलागी अन्य हतियार गोदाम सम्म फैलिएकोले बुझिएको छ । विस्फोट लगत्तै आसपासका बस्ती खाली गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्