१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिसन्धी १९० बारे महिला यातायात मजदुरलाई प्रशिक्षण


13
Shares

काठमाडौ । नेपाल यातायात मजदुर संघले आफ्ना महिला सदस्यहरूलाई एक दिने आईएलओ अभिसन्धी १९० र लैङ्गिक हिंसाबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् । १९० कार्यस्थलमा हुने दुर्ववहार र हिंसा विरुद्धको अभिसन्धी हो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय यातायात महासंघ (आईटिएफ) का विश्व सदस्य अजय कुमार राईले आईटिएफले विगत लामो समयदेखी महिला हिंसाबारे सशक्तीकरण गर्दै आएकोले अभिसन्धी १९० पारितमा ठुलो योगदान भएको उल्लेख गर्नु हुँदै यो अभिसन्धी पारित गराउन नेपाल सरकारलाई दबाब दिने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं आईएलओ गभर्निङ बडि सदस्य आशासिंह राठोरले १९० अभिसन्धिबारे प्रशिक्षण दिनु हुँदै यो अभिसन्धी पारितले कार्यस्थल एवं घरेलु हिंसा र दुर्ववहार न्यूनीकरण हुने बताउनुभयो । उपमहासचिव राधिका कुईकेलले आर्थिक, सामाजिक , धार्मिक र राजनीतिक कारणले नेपाली समाजमा महिलाहरु हिंसा र दुर्ववहारमा परिरहेको उल्लेख गर्नुभयो ।

ट्रेड युनियन कांग्रेस महिला समितिका अध्यक्ष सुधा दाहालले महिला हिंसा रोक्न ट्रेड युनियन अग्रपंक्तिमा रहने विचार राख्नुभयो। नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारीले कार्यस्थलमा हुने हिंसा र दुर्ववहार रोक्न युनियन थप प्रभावकारीरुपमा लाग्ने बताउनुभयो । कार्यक्रममा यातायात मजदुर संघ काठमाडौ जिल्ला अध्यक्ष गिता श्रेष्ठले महिला हिंसाबारे प्रशिक्षण दिनुभएको थियो ।