१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बोरुसिया डर्टमण्डको रोमाञ्चक जित


0
Shares

एजेन्सी । अन्तिम समयमा इर्लिङ हालान्डले गोल गरेपछि जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले रोमाञ्चक जित दर्ता गरको छ । गएराति भएको खेलमा डर्टमण्डले होफेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंग्एिको खेलमा दुवै पक्षबाट पाँच गोल भने दोस्रो हाफमा भएको थियो । ४९ औं मिनेटमा रियो जेनाले गोल गरेपछि डर्टमण्डले शुरुआती अग्रता लिएको थियो । ६१ औं मिटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गरेपछि होफेनहमले खेल बराबरीमा ल्याएको थियो । ६९ औं मिनेटमा जर्ज बेलिङघमले गोल गरेपछि डर्टमण्ड २–१ ले अघि बढेको थियो ।

९० औं मिनटेमा मुनास डाबुरले गोल गरेपछि होफेनहमले खेल २–२ गोलको बराबरीमा सक्याउने लक्ष्यमा थियो । तर, इन्ज्योरी सममा हालान्डले गोल गरेपछि डर्टमन्ड ३–२ गोल अन्तरले विजयी भयो । यो नतिजा पछि डर्टमण्डले ३ खेलबाट ६ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको छ भने पराजित भएको होफेनहम चौथो स्थनमा छ ।