
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
इन्डोनेसियामा रहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् । रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर रोहित ९ दिन अघि इन्डोनेसिया गएका थिए । रोहितले शुक्रबार मात्र ८ दिनको क्वारेन्टाइनको समय पूरा गरेका छन् । रोहित मुख्य प्रशिक्षकको सल्लाहमा नै इन्डोनेसिया गएको बताइएको छ ।
भर्खर मात्र इन्डोनेसिया गएका रोहितले साफलाई महत्वमा राखेको हुनाले भारतविरुद्धको खेलमा नआउने भएका हुन् ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुनेछ । मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुवै देशले टोलीको घोषणा गरिसकेका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्