१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


हुप्सेकोट अपडेट : पहिरोमा पुरिएका तीन जनाको शव भेटियो


0
Shares

बिबेक भण्डारी

नवलपुर । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको शव भेटिएको छ ।

खोजीकर्ताहरुले शनिवार दिउँसो ३ बजे उनिहरुको शव भेटेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । प्रहरी सहितको टोली शनिवार दिउँसो घटनास्थल पुगेको थियो ।

प्रहरीकाअनुसार पहिरोमा परि मृत्यु हुने तीन जना एकै परिवारका रहेका छन् । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा धन माया पुलामी ,उहाँकी नातिनिहरु भुमिसरा पुलामी र देउमाया पुलामी रहनु भएको छ ।