१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विद्यार्थी आकर्षित गर्न भरतपुर महानगरद्वारा सरकारी विद्यालयलाई बस हस्तान्तरण


13
Shares

डोलराज रानाभाट

चितवन । चितवनमा अवस्थित नारायणी नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद दवाडीलाई टाढा– टाढा वाट आउने विद्यार्थीको अवस्थाले निकै चिन्तीत बनाइरहेको थियो । घाम लागेको दिन असिनपसिन हुँदै आउनुपर्ने र पानी पर्दा किताव भिजाउदै विद्यार्थीहरु विद्यालय आउँदाको दृष्यले दवाडीलाई निकै चिन्तित तुल्याउथ्यो ।

साधनकै अभावमा पहिलो घण्टीको पढाई समेत कतिपय विद्यार्थीले छुटाउन वाध्य हुन्थे । तर, अहिले भने ती सवै समस्याको समाधानको उपाय खोजिदै छ । त्यसैले भरतपुर महानगरपालिकाले अहिले विद्यालयलाई बस सहयोग गरिदिएपछि टाढाबाट आउने बिध्यार्थीकालागि केहि राहतसम्म पुगेको छ ।

अहिले आधारभूत र माध्यमिक शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिइएको छ । यसैका आधारमा भरतपुर महानगरपालिको सरकारी शिक्षाको विकास र गुणस्तर सुधारमा सक्रियता देखाएको छ । सरकारी विद्यालयमा विद्यार्थीको पहुँच बढाउन यस अघि छात्राहरुलाई साइकल वितण गरेको महानगरपालिकाले यस पटक सामुदायिक विद्यालयहरुलाई बस सहयोग गरेको हो । यो बाहेक अन्य धेरै कार्यक्रमहरु रहेको महानगरप्रमुख रेनु दाहाको भनाई छ ।

गत आर्थिक वर्षको बजेटबाट नारायणी नमुना माध्यमिक बिद्यालय, कविलास माध्यमिक बिद्यालय, भिमनगर माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय शुक्रनगर र लक्ष्मि मावि जगतपुरलाई रुट प्रमिट र ईन्सुरेन्स सहित प्रतिबस १९ लाख ९८ हजार रुपैया लागतमा महानगरले बस हस्तान्तरण गरी सकेको छ ।

यो वाहेक विद्यालयको भौतिक, वातावरणीय पक्ष सहित छात्रृवत्ति, शैक्षिक सामाग्री सहयोग, सिकाई सामाग्री हस्तान्तरण लगायतका नयाँ योजनाबाट सामुदायिक विद्यालयमा घट्दो बिद्यार्थी संख्या अहिले बढ्दै गएको देखिन्छ । बिगतको तुलनामा २०७७ मा सामुदायिक विद्यालयमा ५ हजार ६ सय विद्यार्थीसख्या बृद्धि भएको शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले बताउनुभयो ।

शिक्षाको जिम्मा स्थानीय तहलाई दिएकाले गुणस्तर वृद्धि गराउँदै शिक्षाको पहुँच सबैमा पु¥याउने दायित्व स्थानीय सरकारलाई जान्छ । त्यसैले शिक्षाको विकासमा जनप्रतिनिधिको चासोसँगै बजेट र सुहाउँदो ऐन कानुन भए सरकारी शिक्षाको गुणस्तर पनि बढ्दै जाने देखिन्छ ।