१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कंगोमा १९ जनाको सामूहिक हत्या, आईएससँग सम्बद्ध युगाण्डाका विद्रोहीले हत्या गरेको पुष्टि


0
Shares

एजेन्सी । कंगोको उत्तरी किवु प्रान्तमा अवस्थित कासानजी गाउँमा १९ जनाको हत्या भएको छ । युगाण्डाका विद्रोहीहरुले उनीहरुको जलाएर हत्या गरेका हुन् ।

घटनाको एक दिनपछि शनिबार उनीहरुको शव भेटिएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अलजजीराले जनाएको छ । बेनी क्षेत्रमा अवस्थीत कासानजी गाउँमा विद्रोहीको आक्रमणपछि हराएकाहरुको खोजी गर्दा नजिकैको जंगलमा उनीहरुको शव फेला परेको बताइएको छ ।

सो क्षेत्रमा आईएससंग आबद्ध लडाकु समुहले हिंसात्मक गतिबिधिलाई तीब्र बनाउँदै लगेको छ । राष्ट्रपति फेलिक्स सिसेकदीले आपतकालीन सुरक्षा उपायहरु अपनाए पनि विद्रोहीहरुले घातक आक्रमणलाई बढाईरहेको समाचारमा जनाइएको छ । घटना भएको समयमा सुरक्षाकर्मीको अनुपस्थितिलाई लिएर चर्को आलोचना भएको छ ।