२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


सडकमाथिबाट खसेको ढुङ्गाले लागेर गुडिरहेको मोटरसाइकलका एकको मृत्यु


0
Shares

काभ्रे । रोशी गाउँपालिका–७ कटुन्जेस्थित बीपी राजमार्गमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाण्डौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गाले लाग्दा महोत्तरी जिल्ला रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विहान करिब ९ बजे खसेको ढुङ्गाले लाग्दा चालक शाह र मोटरसाइकल पछाडी सवार धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह घाइते हुनुभएको थियो ।

घाइते दुवैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा चालक सरोजकुमार साहलाई अस्पतालले मृत घोषणा गरेको थियो । अर्का घाइते सतिसकुमार साहको उपचार भइरहेको छ । उहाँको पेट र अनुहारमा चोट लागेको छ ।