१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


माधव पक्षका १४ सांसदको पद जोगियो


0
Shares

काठमाडौं । संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरिरहनु नपर्ने जनाएको छ ।

एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा कारबाही गर्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ ।

एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख अग्नी सापकोटाले ‘विचाराधीन’ अवस्थामा राख्नुभएको थियो । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।