८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारी सम्पत्ति एक साताभित्र फिर्ता गर्न अफगान नागरिकलाई तालिबानको निर्देशन


0
Shares

एजेन्सी । तालिवानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिवानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिवानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिवानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको हो ।

तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको छ । यसअघि तालिवानले सबै महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको थियो ।

पछिल्लो समय आम स्वास्थ्य सेवामा देखिएको असरलाई ध्यानमा राख्दै महिलालाई काममा फर्किन आग्रह गरेको तालिवानले जनाएको छ ।

तालिवानको जनस्वास्थ्य मन्त्रालयले सबै महिला र कर्मचारीलाई नियमित काममा फर्किन निर्देशन दिएको हो । मन्त्रालयको विज्ञप्तिमा उनीहरुलाई आफ्नो नियमित काम गर्नमा कुनै अवरोध सिर्जना नहुने उल्लेख गरिएको छ ।

यसअघि अफगानिस्तानका सरकारी कर्मचारीहरुले काम गरे बापतको तलव माग गर्दै काबुलको एक बैंक बाहिर प्रदर्शन गरेका थिए । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ घानी बिरुद्ध चर्को नारबाजी गरेका थिए ।

तालिवानले दुई साताअघि अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँको अवस्था सामान्य बन्न सकेको छैन ।