६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


पूजा आराधनामा आरजु, धुमधामका साथ घरमा गौरा भित्र्याइयाे


0
Shares

बिराज रोश्यारा
कैलाली । नेपाली काँग्रेसकी महिला नेतृ डा. आरजु राणा देउवाले धनगढीस्थित निवासमा गौरा भित्र्याउनुभएको छ । आइतबार धनगढीस्थित देउवा निवासमा गौराको प्रतिमूर्ति भित्र्याइनुका साथै धुमधामका साथ पुजन गरिएको छ ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले आइतबार बेलुकी धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा गौराको विधिवत पूजा गर्नुभएको हो । उहाँसँगै गौराको पूजाआराधनामा स्थानीय महिलाले पनि साथ दिएका थिए ।

गौराको पूजा अर्चनाका लागि कांग्रेकी नेतृ आरजु आइतबार दिउँसो काठमाडौंबाट धनगढी आइपुग्नुभएको हो । पूजाअर्चना पछि देउवा निवासमै डेउडा खेलिएको थियो ।

देउडा खेल्नका लागि देउवा निवासमा टेन्ट लगाइएको छ । देउवा निवास धनगढीमा गौरा खेलिने कार्यक्रम रहेको स्थानीय नेतृ प्रमिला लम्सालले बताउनुभयो । यसै अवसरमा यहाँका महिला दिदीबहिनीसँग नेतृ आरजुले सामूहिक डेउडा खेल्नुभएको छ ।